ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
Friday, August 21st, 2020, 10:23 am
काठमाण्डौ, ५ भदौ । शुक्रबार (आज) पाटन अस्पतालमा उपचार गराई रहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालका अनुसार पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।
यस्तै सर्लाही मलंगवाका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको हो ।