बेइजिङमा कोरोना संक्रमण शून्यमा, अब घरबाहिर निस्कँदा मास्क लगाउनु नपर्ने
Thursday, August 20th, 2020, 6:40 pm
एजेन्सी, ४ भदौ । विश्व स्वास्थ्य संगठन (डब्लूएचआ) ले कोरोना भाइरस ‘कोभिड १९’ बाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने बताएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको खोप उपलब्ध नभइन्जेल डब्लूएचओले मास्क अनिवार्य लगाउनुपर्ने लगायतका अन्य कोरोनाविरुद्धको नियम पालना गर्न आग्रह गरेको छ।
तर चीनको राजधानी बेइजिङमा भने अब मानिसहरुले घरबाहिर निस्कँदा मास्क लगाउनु नपर्ने देखिएको छ । कोरोना संक्रमणको संख्यामा बेइजिङमा दुई हप्तायता शुन्यमा झरेको छ ।
यहीकारणले गर्दा यहाँको जनजीवन सामान्य बन्दै गएको छ भने बेइजिङ सेन्टर फर डिजिजेज प्रिभेन्सन एन्ड कन्ट्रोल सीडीसीले बिहिबार जारी गरेको सूचनाअनुसार बेइजिङमा एकजना हिँड्दा अथवा साथीहरुसँग मात्र रहँदा मास्क लगाउन नपर्ने जनाइएको छ ।
यसैगरी बेइजिङमा घर बाहिर निस्कँदा मास्क अनिवार्य नगरेपछि कोरोना जितेको संकेत गरिएको छ ।