ललितपुरको बालकुमारीमा प्रहरीमाथि हातपात गर्ने दुईजना पक्राउ
Thursday, August 20th, 2020, 6:21 pm
ललितपुर, ४ भदौ । ललितपुरको महानगरपालिका ९ बालकुमारीमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाटन सुन्धारा बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका ३ घर भएका २५ वर्षीया नविन तामाङ र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार बालकुमारीबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा एक्कासी प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई पक्राउ गरिएकोे हो ।
यसैगरी कुटपिटबाट घाइते भएका २ जना प्रहरी कर्मचारीहरु बी एण्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।