कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२६ पुग्यो
Thursday, August 20th, 2020, 4:55 pm
काठमाण्डौ, ४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पिसिआर परीक्षणका क्रममा मृतक ६ जनामा कोरोना पुष्टि भएको हो ।
यसरी मृत्यु हुनेमा काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साका दुई पुरुष र एक महिला गरी ६ जना छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।