काठमाडौं उपत्यकामा थपिए २०० जना कोरोना संक्रमित, उपत्यकामा कोरोना संक्रमितको संख्यामा उच्च वृद्धि
Thursday, August 20th, 2020, 4:45 pm
काठमाडौ, ४ भदौ । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २ सय जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित भेटिएको हो ।
त्यस्तै संक्रमित कहाँका हुन भन्ने चाँही मन्त्रालयले खुलाएको छैन ।