पछिल्लो २४ घण्टामा थपिए ७ सय ७ नयाँ कोरोना संक्रमित, २ सय ६४ जना डिस्चार्ज
Thursday, August 20th, 2020, 4:43 pm
काठमाडौ, ४ भदौ । बिहीबार मात्रै देशभर ७ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ सय ६४ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ रहेको छ ।
त्यस्त पछिल्लो २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको छ भने योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।