कोभिड भ्याक्सिन ठूला परिमाणमा उत्पादन सुरु हुने बित्तिकै हाम्रो प्राथमिकतामा बंगलादेश छ : भारत
Thursday, August 20th, 2020, 4:09 pm
एजेन्सी, ४ भदौ । भारतले कोभिड भ्याक्सिनको सफल परीक्षण भएपछि बनाउने स्वीकृति पाएर ठूलो परिमाणमा उत्पादन सुरु गरेलगत्तै बंगलादेशलाई प्राथमिकताका साथ उपलब्ध गराउने बताएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार बंगलादेश भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्ष शृंग्लले ढाकामा पत्रकारहरुसँग भारतका लागि बंगलादेश सँधै प्राथमिकताको देश रहेको बताएका छन् ।
कोरोना महामारीका बीच उनले पहिलो विदेश भ्रमणका लागि पनि बंगलादेश नै रोजेका हुन् ।
चीनले आफ्नो भ्याक्सिनलाई बंगलादेशी नागरिकमा परीक्षण गर्न खोजेकोमा बंगलादेशलाई सो प्रस्ताव अस्वीकार गर्न मनाइएको थियो ।
त्यस्तै चिनियाँ फार्मास्युटिकल कम्पनी साइनोफार्मले यो वर्षको अन्तिमसम्म आफ्नो भ्याक्सिन तयार गर्ने घोषणा गरेको छ ।