जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको मृत्यु, ट्रक चालक प्रहरी नियन्त्रणमा
Thursday, August 20th, 2020, 3:12 pm
काठमाडौ, ४ भदौ । काठमाण्डौको जडिबुटीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदल यात्रुको उपचारका क्रममा मृत्यु भएको छ । उपचारको क्रममा आज दिउँसो राष्ट्रिय ट्रमा सेन्टरमा उनको मृत्यु भएको हो ।
जडिबुटीको आकासे पुल नजिकै कोटेश्वरबाट भक्तपुर तर्फ जाँदै गरेको ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिदाँ सिन्धुपाल्चोक इन्द्रावती वडा ७ घर भएका ४४ वर्षीय धनबहादुर कार्की गम्भिर घाइते भएका थिए ।
गम्भिर घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको थियो तर उपचारकै क्रममा उनको अस्पतालमा निधन भएको हो ।
यसैगरी प्रहरीले ट्रक चालक सर्लाही हरिवन घर भएका २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ भने उनको साथमा सवारी चालक अनुमतिपत्र नभएको भेटिएको छ ।