बाढीपीडितको उद्धारका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई सान्त्वना दिन सी जिङपिङ फेइदोङ पुगे
Thursday, August 20th, 2020, 2:22 pm
एजेन्सी, ४ भदौ । चीनका राष्ट्रपति सी जिङपिङले बिहीवार आन्हुई प्रान्तमा रहेको फेइदोङ काउन्टीको भ्रमण गरेका छन् ।
बाढीका कारण ज्यान गुमाएकाहरूको परिवारलाई सान्त्वना दिन उनी त्यहाँ पुगेका हुन् ।
चिनियाँ जनमुक्ति सेना र सशस्त्र प्रहरी बल लगायतका सुरक्षाकर्मी तथा अग्रमोर्चामा रहेकाहरूले बाढीपीडितको उद्धारका क्रममा ज्यान गुमाएका थिए ।
उनले एक बाँधमा गएर बाढीपछिको उद्धारमा खटिएकाहरूलाई सम्मान व्यक्त गरेका थिए ।