नवलपरासीमा खोलाले बगाएर एक जनाको ज्यान गयो
Thursday, August 20th, 2020, 1:24 pm
नवलपरासी, ४ भदौ । पूर्वी नवलपरासीमा बुधबार खोलाले बगाएर एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ कोलटाँडीमा रहेको डुम्रे खोला तर्ने क्रममा स्थानीय ४५ बर्षीय वसन्त सुनारलाई बगाएर लगेको र उनको मृत्यु भएको हो ।
स्थानीय र प्रहरीले सुनारको खोजतलास गर्ने क्रममा उनलाई मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
सुनारको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको प्रहरीले जानकारी दिएको छ ।