आज सुनको मूल्य फेरि घट्यो , प्रतितोलामा १६ सयले गिरावट
Thursday, August 20th, 2020, 11:39 am
काठमाडौ, ४ भदौ । आज छापावाल सुनको मूल्यमा १६ सयले गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिंजो छापावाल सुन प्रतितोला १ लाख हजार ४ सय सय रुपैयाँमा कोरोबार भएको थियो भने तेजावी सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिंजो चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो भने आज चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।