रौतहटमा अज्ञात व्यक्तिद्वारा पुजारीको गोली हानी हत्या
Thursday, August 20th, 2020, 10:24 am
रौतहट, ४ भदौ । रौतहटको माधवनारायण नगरपालिकामा गोली हानी एक पुजारीको हत्या भएको छ ।
माधवनारायण २ खेसरहियामा हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानेर हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए भने बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।