कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२० पुग्यो
Wednesday, August 19th, 2020, 7:22 pm
काठमाण्डौ, २ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै काठमाण्डौका १ जना पुरुष, वर्दियाका १ जना पुरुष, मोरङका १ जना महिला, भक्तपुरका १ जना महिला, चितवनका १ जना महिला र सुनसरीका १ जना महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।