अन्ततः निर्वाचन आयोगमा नेकपा एमाले विधिवत रूपमा दर्ता भयो
Wednesday, August 19th, 2020, 6:52 pm
काठमाण्डौ, ३ भदौ । निर्वाचन आयोगले नेकपा एमाले नामको दल विधिवतरुपमा दर्ता गरेको छ ।
आयोगका प्रवक्ता श्रेष्ठका अनुसार सबै प्रक्रिया पुगेपछि एमाले विधिवत रूपमा दर्ता भएको छ ।
त्यस्तै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेको बेलामा गत असारमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो भने २०७५ जेठमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेपछि एमाले र माओवादी केन्द्र दुवै पार्टी नेपालको राजनीतिमा अस्तित्वविहीन भएका थिए ।
यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले दर्ता गर्न पहल गरेको आरोप लगाउने गरेका छन् ।