बुधबार थपिए ६ सय ८१ जना नयाँ कोरोना संक्रमित, १ सय २० जना भए डिस्चार्ज
Wednesday, August 19th, 2020, 5:45 pm
काठमाडौं, ३ भदौ । बुधबार देशका विभिन्न ठाउँमा ६ सय ८१ जना नयाँ कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका विगत २४ घण्टामा १ सय २० जना संक्रमणमुक्त भइ घर फर्किएका छन् भने यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ ।
यसैगरी हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको छ ।
त्यस्तै हालसम्म कोरोना संक्रमणका कारण १२० जनाले ज्यान गुमाइसकेको छ भने विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको छ ।