कोरोना संक्रमणका कारण धरानमा ७१ वर्षीया वृद्धाको मृत्यु
Wednesday, August 19th, 2020, 1:50 pm
काठमान्डौ, ३ भदौ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस उपचारको क्रममा ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार उनीको बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको ।
उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।