अछाममा बाढीले वस्ती बगाउदाँ ६ जनाको ज्यान गयो, १९ जना बेपत्ता
Wednesday, August 19th, 2020, 11:03 am
अछाम, ३ भदौ । अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले बगाउँदा ६ जनाको ज्यान गएको छ भने ११ जना बेपत्ता भएका छन् ।
गएराति आएको बाढीमा परी रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट २५ जना बेपत्ता भएका थिए ।
बाढीले बगाएका मध्ये ६ जनाको शव कैलाशको विभिन्न ठाउँमा भेटिएको छ भने वेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको छ ।
रामारोशन गाउँपालिकाले दिएको जानकारी अनुसार बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको कोसेडामा ४ जनाको र मंगलसेन नगरपालिका वडा नम्बर ३ को लमतणा र सेरीमा दुई जनाको शव भेटिएको हो ।
बाढीमा परी वेपत्ता भएकाहरुको खोजी भैरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।