ललितपुरको पाटन अस्पतालमा थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु
Wednesday, August 19th, 2020, 9:53 am
काठमाण्डौ, ३ भदौ । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
आज (बुधबार) बिहान ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
गत साउन २१ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सख्या १ सय १५ पुगेको छ ।