कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११४ पुग्यो
Tuesday, August 18th, 2020, 7:49 pm
काठमाण्डौ, २ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै काभ्रेका १ जना पुरुष, नवलपरासीका १ जना पुरुष, मोरङका १ जना पुरुष, धनुषाका १ जना पुरुष, बाँकेका १ जना पुरुष, कास्कीका १ जना पुरुष र तनहुँका १ जना महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।