नेपाली साहित्य जगतको उज्जवल तारा राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ बर्षको उमेरमा निधन
Tuesday, August 18th, 2020, 7:18 pm
काठमाडौं, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै उनको निधन भएको हो ।
उनको जन्म विं.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।
नेपाली साहित्य जगतमा घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन्। उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख,प्रबन्धजस्ता अनेकौं विधा,उपविधाहरूमा सिर्जना दिएका छन् ।