लिदी पहिरोमा वेपत्ता भएकामध्ये थप २ जनाको शव फेला, मृतकको संख्या २४ पुग्यो
Tuesday, August 18th, 2020, 5:42 pm
सिन्धुपाल्चोक, २ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर वेपत्ता भएका मध्ये आज थप २ जनाको शव फेला परेको छ । योसंगै मृत्यु हुनेको संख्या २४ पुगेका छन् भने बाँकी वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।
इलाका प्रहरी कार्यालय जलवीरेले दिएको जानकारी अनुसार आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएको हो ।
पहिरामा बेपत्ता भएका १५ जनाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा भइरहेको छ । यसैगरी सो ठाउँमा पानी पर्ने क्रम नरोकिएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।