भक्तपुर नगरपालिकामा भोलिदेखि भदौ १५ गतेसम्म सार्वजनिक यातायात बन्द
Tuesday, August 18th, 2020, 5:21 pm
भक्तपुर, २ भदौ । कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि भक्तपुर नरगपालिकाले नागरिकको स्वास्थ्य सुरक्षालाई मध्य नजर गर्दै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँग मंगलबार सार्वजनिक यातायात बन्द विषयमा छलफल भएको थियो ।
नगरप्रमुख प्रजापतिका अनुसार छलफलबाट संक्रमण समुदायस्तरमा फैलिन नदिनका लागि नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द गर्ने निर्णय गरिएको छ ।
भोली मिति भदौ ३ गतेदेखि भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा भक्तपुर नगरक्षेत्रमा सार्वजनिक यातायात बन्द हुने निर्णय भएको छ ।
काठमाडौं उपत्यकालगायत विभिन्न शहरहरुमा दैनिक सयौंको संख्यामा संक्रमितहरु थपिरहेको तथा भक्तपुरमा पनि संक्रमितहरु बढ्दै गएकाले सो निर्णय गरिएकोे नगरपालिकाले जानकारी दिएको छ ।
यसैगरी मध्यपुरथिमि नगरपालिकाले केहिदिन अघि नै लकडाउन जारी गरिसकेको ।