पछिल्लो २४ घण्टामा काठमाण्डौ मात्रै भेटिए १३८ जना नयाँ कोरोना संक्रमित, उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा
Tuesday, August 18th, 2020, 4:47 pm
पल्लिो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा २०५ जना नयाँ कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना कोरोना संक्रमित भेटिएको हो ।
ती संक्रमित कहाँका हुन भन्ने मन्त्रालयले खुलाएको छैन । योसंगै उपत्यकामा कोरोना संक्रमणको जोखिम एकदमै उच्च रहेको देखिएको छ ।