मंगलबार एकै दिन थपिए १ हजार १६ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ८५
Tuesday, August 18th, 2020, 4:36 pm
काठमाडौं, २ भदौ । मंगलबार देशभर १ हजार १६ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ भने एकै दिन थपिएको यो संख्या हालसम्मकै बढी हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । योसंगै हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।