भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएपनि फेरि अस्पताल भर्ना
Tuesday, August 18th, 2020, 3:38 pm
एजेन्सी, २ भदौ । भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमणमुक्त भएपनि थकान र जीउ दुख्नेलजस्ता समस्या भएकाले अस्पताल भर्ना भएका छन् । उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआईआईएमएस) अस्पतालमा भर्ना भएका छन् ।
कोराना भाइरसको संक्रमण देखिएसँगै मेदान्त अस्पतालमा भर्ना भएका उनी परीक्षणमा नेगेटिभ देखिएपछि अगष्ट १८ मा डिस्चार्ज भएका थिए।
पछिल्लो केही तीनरचारदिनदेखि उनलाई निरन्तर अत्यधिक थकान र जीउ दुख्ने समस्या देखिएपछि भर्ना भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उनलाई हाल कोरोना भाइरस निको भइसकेपछिको उपचार ‘पोस्ट कोभिड केयर’का लागि एआईआईएमएस अस्पतालमा भर्ना गरिएको छ भने अहिले उनको अवस्था स्थिर रहेको र स्वास्थ्यबारे कुनै चिन्ता गर्न नपर्ने स्थिति रहेको छ ।