अस्वभाविकरुपले फेरि बढ्यो सुनको मूल्य, तोलाको एक लाख नाघ्यो
Tuesday, August 18th, 2020, 11:14 am
काठमाण्डौ, २ भदौ । हिजोसम्म सामान्य गिरावट आएको सुनको मूल्य आज तोलामा २ हजार २ सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार २ सय घटेको सुनको मूल्य आज २ हजार २ सयले बढेर एक लाख नाघेको छ ।
मंगलबार २ हजार २ सयले बढेर एक लाख चार सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो भने मंगलबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ ।