गृहमन्त्रीको स्कटिङ गर्न निस्किएको गाडीले स्कुटरलाई ठक्कर दिदाँ दुई महिला घाइते
Tuesday, August 18th, 2020, 11:01 am
काठमाण्डौ, २ भदौ । गृह मन्त्री रामबहादुर थापाको स्कटिङमा हिँड्ने गाडीले सिहंदरबार अगाडि स्कुटरलाई ठक्कर दिएको छ भने ठक्करबाट स्कुटीमा सवार दुई जना घाइते भएका छन् ।
आज बिहान सिंहदरबार पश्चिम गेट नजिकै स्कटिङको लागि निस्किएको बा १ झ ५५५४ नम्वरको गाडीले बा ९४ प १०२५ स्कुटरलाई ठक्कर दिएको हो ।
स्कुटरमा सवार दुई महिला घाइते भएकाले उपचारको लागि ट्रमा अस्पताल लगिएको छ । दुर्घटनामा परी २३ वर्षीय लीला थापा र २७ वर्षीय सुधा थापा घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमका अनुसार स्कर्टिङ गाडी गृहमन्त्री थापालाई लिन निक्लिएको र सोही क्रममा दुर्घटना भएको हो । चालकलाई नियन्त्रणमा लिएको नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।