काठमाडौं उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कडाइ (तस्वीर सहित)
Monday, August 17th, 2020, 8:16 pm
काठमाडौ, १ भदौ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दैसंगै संक्रमण फैलिने जोखिमलाई नियन्त्रण गर्नका उपत्यकाको ट्राफिक प्रहरीले राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी साधनमा कडाइ गर्न थालेको छ । ट्राफिक प्रहरीले उपत्यका भित्रने नाकाहरुमा रहेका चेक प्वाइन्टहरुमा कडाइ गर्नुका साथै काठमाडौं भित्रने एम्बुलेन्स र खाद्यान्न ढुवानी गर्ने सवारी साधन बाहेकलाई प्रवेश निषेध गरिएको छ ।

यसैगरी काठमाडौं उपत्यकाका तीनै जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले नागरिकको स्वास्थ्य सुरक्षा तथा संक्रमण नियन्त्रणका लागि विभिन्न किसिमका नियमहरु कडाइका साथ लागू गरेका छन् ।

