एसईईको परीक्षाफल नतिजा सार्वजनिक
Monday, August 17th, 2020, 6:57 pm
काठमाण्डौ, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
गत साल चैत ६ गतेका लागि निर्धारित गरिएको एसईई परीक्षा कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । उक्त परीक्षा नहुने भएपछि बोर्डले तोकेको मापदण्डका आधारमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
नतिजा प्रकाशन पश्चात कुनैपनि विद्यार्थीले प्राप्त गरेको नतिजा चित्त नबुझेको खण्डमा पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा यस वर्ष सञ्चालन हुने छैन ।