बागमती प्रदेशकी उपसभामुखको कोरोना रिपोर्ट पोजिटिभ
Monday, August 17th, 2020, 5:12 pm
हेटौँडा, १ भदौ । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडास्थित किटजन्य अनुसन्धान तालिम केन्द्रमा उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रयोगशाला स्रोतले जनाएको छ ।
कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा सोमबार आएको नतिजामा उनमा संक्रमण पुष्टि भएको हो ।
उनमा संक्रमण देखिएपछि थप विवरण लिने काम भइरहेको छ भने उनको सम्पर्कमा आएकाहरूको पनि परीक्षण गर्ने तयारी गरिएको छ ।