सोमबार थपिए ५ सय ८१ जना नयाँ कोरोना संक्रमित, १ सय ६० जना भए डिस्चार्ज
Monday, August 17th, 2020, 4:34 pm
काठमाडौं, १ भदौ । सोमबार मात्रै देशभर थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
त्यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ रहेको छ भने मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।