भारतको संसद भवनमा आगलागी, आगो निभाउन प्रयासरत
Monday, August 17th, 2020, 4:21 pm
एजेन्सी, १ भदौ । भारतको संसद भवनमा आगलागी भएको छ ।
एनेक्स भवनको छैटौं तलामा आगलागी भएको र सो आगलागी भएको जानकारी पाउनसाथ ७ वटा अग्नीनियन्त्रक यन्त्रको सहायताले आगो निभाउने प्रयास जारी राखेको छ ।
नवभारत टाइम्सको अनलाईन समाचार अनुसार विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने आशंका गरिएको छ भने यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।