धनुषामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु
Monday, August 17th, 2020, 2:46 pm
जनकपुरधाम, १ भदौ । धनुषामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया निवासी ६५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल ल्याइएको थियो भने सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते उनको कोरोना पोजिटिभ रिपोर्ट आएको मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताएका छन् ।
जटिल किसिमको निमोनियाबाट ग्रसित उनलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयूमा भर्ना गरिएको थियो ।