ललितपुरमा थप एक महिलाको कोरोना संक्रमणबाट मृत्यु
Monday, August 17th, 2020, 2:24 pm
काठमाडौं, १ भदौ । ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा काठमाडौं भोटाहिटीकी ५८ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले दिएका जानकारीका अनुसार गत साउन २८ गते अस्पताल भर्ना भएकी महिलाको उपचारका क्रममा (आज) सोमबार बिहान १० बजे मृत्यु भएको हो ।
स्वास प्रस्वासमा समास्या देखिएपछि अस्पताल भर्ना गरिएको ती महिलामा निमोनिया, मधुमेहको पनि समस्या देखिएको थियो भने उपचाररत उनको आज बिहान मृत्यु भएको गेलालले बताएका छन् ।
अस्पताल भर्ना गरेपछि उनको कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो ।
मृतक महिलाको शव नेपाली सेनाको टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको छ ।