२५ महिने छोरीको हत्या गरेको अभियोगमा आमा पक्राउ
Monday, August 17th, 2020, 2:11 pm
प्युठान, १ भदौ । प्युठानमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सरूमारानी गाउँपालिका १ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ढुंगेगढीका अनुसार अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएकोे प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।