सोमबार पनि सुनको मूल्यमा सामान्य गिरावट
Monday, August 17th, 2020, 1:59 pm
काठमाण्डौ, १ भदौ । सोमबार पनि सुनको मूल्यमा फेरि सामान्य गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९८ हजार २ सय कायम भएको छ भने आइतबार पनि गत शुक्रबारको तुलनामा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ९८ हजार ४ सयमा कारोबार भएको थियो ।
यसैगरी सोमबार तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले नै घटेर ९७ हजार ७ सयमा आइपुगेको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको छ । आइतबार तोलाको १३ सय २५ मा कारोबार भएको चाँदी सोमबार १३ सय १५ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।