महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि
Monday, August 17th, 2020, 12:43 pm
काठमाडौ, १ भदौ । महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अदालतमा म्याद थपका लागि लैजानुअघि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।
६ दिनअगाडि प्रहरीले उनलाई पक्राउ गरेको थियो भने कुन कसुरमा उनलाई पक्राउ गरिएको हो प्रहरीले खुलाउन चाहेन । अहिले उनलाई आइसोलेसनमा राखिएको प्रहरीले जानकारी दिएको छ ।