पछिल्लो २४ घण्टाको अवधिमा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १०४ पुग्यो
Sunday, August 16th, 2020, 6:13 pm
काठमाण्डौ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा विराटनगर तीनपैनीकी ५० वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
त्यस्तै पर्सामा एक जना पुरुषको पनि कोरोना संक्रमणकै कारण उपचारका क्रममा मृत्यु भएको छ ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।