उपत्यकाका तिन जिल्लामा थपिए १७२ कोरोना संक्रमित
Sunday, August 16th, 2020, 4:45 pm
काठमाडौं, ३२ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफ़िङ्ग अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले तत्काल खुलाएको छैन । पछिल्लो २४ घण्टामा नेपालभरमा ६४१ जना संक्रमित थपिएका छन् ।