आइतबार मात्रै थपिए ६ सय ४१ जना नयाँ कोरोना संक्रमित, १ सय ३४ जना डिस्चार्ज
Sunday, August 16th, 2020, 4:40 pm
काठमाडौ, ३२ साउन । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ६४१ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार मात्रै १ सय ३४ जना निको भएर घर फर्केका छन् । आज निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोन संक्रमणमुक्त भइसकेका छन् ।
त्यस्तै हालसम्म देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।