स्वास्थ्य मन्त्रालय र अनुसन्धान परिषद्का दुई चालकमा कोरोना संक्रमण पुष्टि
Sunday, August 16th, 2020, 4:18 pm
काठमाण्डौ, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कार्यरत दुईजना कर्मचारीमा कोरोना भाइरस सक्रमण पुष्टि भएको छ ।
मन्त्रालय स्रोतका अनुसार आइतबार आएको पिसिआर रिपोर्टमा मन्त्रालय र परिषद्तर्फका एक/एक सवारी चालकमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अघि मात्रै मन्त्रालयका तीनजना कार्यालय सहयोगीसहित चार जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै कोरोना संक्रमण देखिएपछि राज्यमन्त्री नवराज रावतसहित करीब ४० जना क्वारेन्टाइनमा बसेका थिए भने उनीहरुमध्ये अधिकांशको गत शुक्रबार नै नमूना परीक्षण गराएका थिए । तिनैमध्ये दुई जनामा आज संक्रमण पुष्टि भएको हो ।