नेपाल ओलम्पिक कमिटीका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि भवन दुई हप्ताका लागि बन्द
Sunday, August 16th, 2020, 1:38 pm
काठमाण्डौ, ३२ साउन । काठमाण्डौस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा कार्यरत दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गएको बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को मातहतमा गरिएको पीसीआर परीक्षणमा एनओसीका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दुई जना कर्मचारीमा कोरोना देखिएसँगै ओलम्पिक कमिटीको भवन कम्तीमा दुई हप्ताको लागि बन्द गरिएको छ भने अरु दुई जना कर्मचारीको नतिजा भने आउन बाँकी रहेको छ ।