काठमाण्डौको बल्खु खोलामा एक पुरुषको शव भेटियो
Sunday, August 16th, 2020, 1:00 pm
काठमाण्डौ, ३२ साउन । आइतबार बिहान काठमाण्डौको बल्खु खोलामा एक पुरुषको शव फेला परेको छ । किर्तिपुर नगरपालिका २ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका १५ नैकाप जाने झुलुङ्गे पुलमुनि उक्त शव भेटिएको हो ।
प्रहरी परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठोरका अनुसार घटनाबारे जानकारी पाउनासाथ टोली घटनास्थल पुगेको थियो र मृतकको उमेर ५० बर्षजति हुन सक्ने अनुमान गरिएको छ ।
मृतकको सनाखत हुन सकेको छैन भने पोष्टमार्टमका लागि शवलाई महाराजगंज त्रि वि शिक्षण अस्पताल लगिएको छ ।