आइतबार सुनको मूल्यमा सामान्य गिरावट
Sunday, August 16th, 2020, 12:06 pm
काठमाण्डौ, ३२ साउन । साताको पहिलो दिन आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।
गत शुक्रबारको मूल्यका तुलनामा २०० रूपैयाँले घटेर आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रूपैयाँ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै शुक्रबार छापावाला सुन प्रतितोला ९८ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने आज तेजावी सुनको मूल्या ९७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी आइतबार चाँदी मूल्य तोलाको १ हजार ३ सय २५ रूपैयाँ कायम भएको छ ।