बुटवल नगरपालिकाका ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
Sunday, August 16th, 2020, 11:54 am
बुटवल, ३२ साउन । बुटवल उपमहानगरपालिकामा कार्यरत ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बुटवलमा आईतबार बिहान मात्रै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
नगरपालिकामा कार्यरत ३ जना कर्मचारीसँगै १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिएका छन् ।
त्यस्तै शनिबारमात्रै बुटवल उपमहानगरपालिकाको लेखा शाखाका एकजना अधिकृतमा पनि संक्रमण देखिएको थियो ।
संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षण गरिएको थियो भने आईतबार ३ जना अन्य अधिकृतको रिपोर्ट पोजिटिभ आएको हो।