रौतहटमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या
Sunday, August 16th, 2020, 11:25 am
रौतहट, ३२ साउन । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ८ मा एक युवकको शव फेला परेको छ ।
गाउँ नजिकैको खेतमा जिङ्डिया टोलका १७ वर्षीय निरञ्जन राम चमारको शव फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेकोे प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सो घटनाको बारेमा अनुसन्धान जारी भइरहेको छ ।