शनिबार मात्रै काठमाण्डौ उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित
Saturday, August 15th, 2020, 5:17 pm
काठमाण्डौ, ३१ साउन । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्रै काठमाडौंका ८०, ललितपुरका ९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।