नेपाल कोरिया मैत्री अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि
Saturday, August 15th, 2020, 2:16 pm
भक्तपुर, ३१ साउन । मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कार्यरत ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार ३ जना नर्स र १ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पुरुष कर्मचारी भिड्भाड र पार्किङ व्यवस्थापन गर्दै आइरहेका कर्मचारी भएको अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिको छ ।
यसैगरी अस्पतालका नर्स र कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएको अस्पतालले जानकारी दिएको छ ।