दुई हप्तापछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिल हट्यो
Saturday, August 15th, 2020, 2:03 pm
काठमाण्डौ, ३१ साउन । दुई जनामा कोरोना संक्रमण देखिएपछि झण्डै दुई हप्ता सिल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा ‘बग्गीखाना’को सिल हटेको छ । कोरोना संक्रमित भेटिएपटि बन्द गरिएको महाशाखाको सिल शनिबार मात्र हटेको हो ।
कोरोना संक्रमित भेटिएपछि महाशाखामा कार्यरत करिब ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो ।
त्यस्तै सुरुमा संक्रमण देखिएका प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङमा आएका प्रहरीको कोरोना परीक्षण गर्दा १७ जनामा कोरोना देखिएको थियो । हाल उनीहरु उपचारको लागि अस्पतालमा छन् भने १७ जनामध्ये दुई जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।
म्हाशाखाका अनुसार कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा राखेर बाँकीलाई ड्युटीमा खटाइएको छ ।