प्रधानमन्त्री ओलीले भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा नरेन्द्र मोदिलाई दिए शुभकामना
Saturday, August 15th, 2020, 12:39 pm
काठमाण्डौ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी प्रधानमन्त्री ओलीले शनिवार बिहान ट्विट गर्दै भारत र भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।